काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द हुने संकेत गरेका हुन् । उनले सामाजिक सञ्जाल बन्द भई नखुल्दासम्म त्यसले खलबल्याएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिसमा जुट्न आग्रह पनि गरे ।
महासचिव पोखरेलले लेखेका छन्, ‘सामाजिक सञ्जाल बन्द भई नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’
सरकारले दर्ता हुने दिएको समय हिजो राति १२ बजेपछि सकिएसँगै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ ।