प्रभु बैंक र ल्यान्डमार्क होटेलबीच छुट दिने सम्झौता

काठमाडौं । दरबार मार्ग, काठमाडौँ स्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरियो ।
ल्यान्डमार्क होटेल तथा रिसोट अन्र्तगत चितवन, पोखरा, काठमाडौँ, तनहुँ र भैरहवा लगायत शाखासँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेष छुट पाउने छन् ।
सम्झौता अनुसार प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ ।
ल्यान्डमार्क होटेल तथा रिसोर्टको उल्लेखित शाखा मार्फत उपलब्ध आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
नेपालभर ३१२ शाखा कार्यालयहरु, २५६ एटीएम साथै ४८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

LEAVE A REPLY