काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल मार्फत उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । चौधरीले आफूले जन्माएको पार्टी परित्याग गरेर नयाँ पार्टी बनाउने पनि घोषणा गरेका छन् ।
उनले नागरिक उन्मुक्ति पार्टी नेपाल नामक पार्टीको पनि घोषणा गरेका हुन् । ‘मलाई साथ दिने साथीहरू जोडिनु होला हिजो मसँग जोडिएका साथीहरू जोडिनु होला आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद’, उनले भनेका छन् ।
नाउपा भित्र आफूलाई साथ दिनेहरूलाई पनि सँगै लिएर अगाडी बढ्ने उनको भनाइ छ । ‘मेरो रन्जितासँग कुनै दुश्मनी छैन। मेरो दामोदरसँग कुनै दुश्मनी छैन । तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाइहरूसँग मेरो कुनै दुश्मनी छैन’, उनले भनेका छन् ‘मेरो दुश्मनी यो देशका राष्ट्रिय फटाहहरुसँग छ।’
चौधरीले सांसदबाट राजीनामा दिएकाहरू फेरि फिर्ता हुन जानेहरूसँग सम्झौता नहुने जनाएका छन् । नयाँ दल नयाँ नयाँ भावना र राजनीतिक विचारलाई स्थापना गर्ने उनको दाबी छ ।
‘मैले नै नागरिक उन्मुक्ति पार्टीको गीत लेखेको हो । मैले नै नागरिक उन्मुक्ति पार्टीका विधान लेखको हो । मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो’, उनले भनेका छन्, तर व्यक्तिगत अहङ्कार र स्वेच्छालाई मैले जित्न सकिन ।,