जेन जी आन्दोलनमा परि थप चार जनाको मृत्यु

काठमाण्डौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको मृत्यु भएको छ । यससँगै आन्दोलनमा मृतकको संख्या ५५ पुगेको छ।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि मुत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आन्दोलनमा जेन जी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो। जेन जीतर्फ २१ जना, कैदी नौजना र नेपाल प्रहरीका सहायक निरीक्षकसहित तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको हो ।
आन्दोलनका क्रममा १८ जनाको भने आगलागीमा परेर तथा करेन्ट लागेर मृत्यु भएको हो। कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ। जेनजी आन्दोलनमा एकजना भारतीय नागरिकको पनि मृत्यु भएको छ।

 

LEAVE A REPLY