काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको मोबाईल बैंकिङ्ग एप, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा रु. ५०० क्यासब्याक प्राप्त हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।
यस सर्वाधिक क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एपबाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन् । यस योजनाअन्तर्गत, देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिदमा रु. ५०० को सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ । ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा अफर बक्समा एफएलवाई प्रोमो कोड प्रयोग गरि उक्त क्यासब्याक प्राप्त हुनेछ । साथै, पहिलो ३०० जना मात्र यो अफरबाट लाभान्वित हुन सक्नेछन् ।
सीमित अवधिका लागि लागू हुने यो विशेष अभियान यही मंसिर ३ गतेदेखि प्रभावकारी रूपमा सुरु भएको छ । अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ ।
बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित डिजिटल सेवा पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ्ग प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ। बैंकले हालैमात्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्राप्त गरेको छ ।
बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै हालसम्म रु. ४ अर्ब ६१ करोड र गएको आर्थिक वर्षमा रु। ४१ करोड करमा योगदान पुर्याएको छ । बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।













