चेम्बरले मनायो ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस ‘सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार’ भन्ने नाराका साथ मनाएको छ ।
कान्तिपथस्थित नेपाल चेम्बर अफ कमर्सको सभाहलमा आज आयोजित कार्यक्रममा माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनाल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा भन्सार विभागका उच्च अधिकारी, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खनालले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरे ।
सो अव​स​र​मा भन्सार विभागका महानिर्देशक भण्डारीले भन्सार प्रणालीलाई पारदर्शी, चुस्त र समाजमैत्री बनाउन भन्सार प्रशासनको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।
चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले कार्यक्रमलाई सम्बोधन गर्दै भन्सार प्रशासन र निजी क्षेत्रबीचको सहकार्यले मुलुकको व्यापार, राजस्व संकलन तथा आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउने जनाए ।
कार्यक्रममा भन्सार विभाग र नेपाल चेम्बर अफ कमर्सबीच समन्वय, सतर्कता र प्रतिबद्धताका माध्यमबाट समाज संरक्षणमा भन्सारको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

LEAVE A REPLY