काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको ‘ज्ञान मसला’ले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सहकार्यमार्फत कम्पनीले आफ्नो पहिचानलाई थप ऊर्जावान बनाउने र नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थाापत गर्ने लक्ष्य राखेको छ ।
सन् १९८९ मा स्थापना भई केएल दुगड ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम राखेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ज्ञान ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गरेको छ, र वर्षौँदेखि घरघरमा विश्वासिलो नामका रूपमा चिनिन्छ ।
“स्वस्तिमा खड्कालाई ‘ज्ञान’ परिवारमा स्वागत गन पाउँदा हामी अत्यन्त खुशी छौँ । उहाँको दर्शकसँगको बलियो सम्बन्धले उहाँलाई हाम्रो ब्राण्डका लागि उत्कृष्ट प्रतिनिध बनाएको छ । हामी आफ्ना मूल मान्यताहरूमा अडिग रहँदै अगाडि बढिरहँदा उहाँसँगको सहकार्य झन् अथ पूर्ण हुने विश्वास लिएका छौँ ।” ग्रुपकी कार्यकारी निर्देशक भाविका दुगडले भनिन्।
ज्ञान मसलासँग जोडिन पाउँदा खड्काले खुसी व्यक्त गरेकी छन् । लामो समयदेखि विभिन्न खाद्यान्नको रुपमा आफ्नो घरमा पनि रहेको यस ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तासँग पुर्याउन आफूले भूमिका खेल्ने उनले जनाईन ।
कम्पनीले उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न नयाँ प्रकारका मसला उत्पादनहरू बजारमा सार्वजनिक गरिरहेको छ, जसले बजारको मागअनुसार गुणस्तर र सान्दर्भिकता कायम राख्ने लक्ष्य लिएको छ । हाल ज्ञान मसला १४ विभिन्न प्रकारमा उपलब्ध छ ।
केएल दुगड ग्रुपले आफ्नो वृहत् वितरण सञ्जालमार्फत देशभर गुणस्तरीय उत्पादनहरू पुर्याउँदै आएको कम्पनीले जनाएको छ ।













