काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २९ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ५९औं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने, ऋण सुविधा लिने, कर्पोरेशनको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्नेछ।
साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्र्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारणसभा तथा लाभांश विरतण प्रयोजनार्थ कर्पोरेशनले जेठ १३ गतेदेखि जेठ २९ गतेसम्म बूक क्लोज गर्ने भएको छ। तसर्थ नेप्सेमा जेठ १२ गतेसम्म कारोबार भई कायम भएका शेयरधनीले मात्रै लाभांश पाउनेछन्।













