आईपीएल ः पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित, पञ्जाबको प्लेअफको सम्भावना कायमै

0

काठमाडौं । जारी आईपीएलमा मुम्बई इन्डियन्सले अन्तिम ओभरको रोमाञ्चक जितमा पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
बिहीबार राति धर्मशालाको हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा पञ्जाबले दिएको २०१ रनको लक्ष्य मुम्बईले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
मुम्बईको जितमा तिलक वर्माले ३३ बलमा अविजित ७५ रन बनाए । रायन रिकेलटनले पनि २३ बलमा ४८ रनको योगदान दिए भने शेफेरोन रुडरफोर्डले २१ बलमा २० रन र विल ज्याक्सले १० बलमा अविजित २५ रन बनाए ।
पञ्जाबका लागि अजमतुल्लाह उमरजाईले २ विकेट लिए भने मार्को जानसेन र युजवेन्द्र चहलले १, १ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०० रन बनाएको थियो । पञ्जाबका लागि प्रभसिमरन सिंहले ३२ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रनको शानदार इनिङ खेले । उनी बाहेक अजमतुल्लाह उमरजाईले ३८ र प्रियांश आर्यले २२ रन बनाए ।
मुम्बईका लागि शार्दुल ठाकुरले सर्वाधिक चार विकेट लिए । दीपक चाहरले पनि दुई विकेट लिए भने कोर्बिन बोश र राज बाबाले एकएक विकेट लिए । यो यस सिजनमा १२ खेलमा मुम्बईको चौथो जित हो भने पञ्जाबले लगातार पाँचौं हार बेहोर्नुपर्‍यो ।
मुम्बई प्लेअफ दौडबाट बाहिरिसकेको छ । यो हारले पञ्जाबलाई कठिन बनाएको छ । यद्यपि, छ खेल जितेर १३ अंक जोडेको पञ्जाब अंक तालिकामा चौथो स्थानमा छ र प्लेअफ दौडमा यथावत छ ।

LEAVE A REPLY