काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि पुगेर प्रदर्शन गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीनजना कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर अर्धनग्न प्रदर्शन गरेका थिए ।
उनीहरूले मान्छे मार्न पाइँदैन, ‘नो एमसीसी’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए । सामान्य पोशाकमा प्रधानमन्त्री कार्यालय अगाडि पुगेका उनीहरू प्रधानमन्त्री कार्यालय अगाडि पुग्ने बित्तिकै अर्धनग्न भएर नारा लगाएका थिए । तत्कालै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनका क्रममा प्रधानमन्त्री प्रचण्ड कार्यालयमै थिए ।