अबको राष्ट्रिय एकता जनतासँगको एकता हुनु पर्ने ओलीको धारणा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रिय एकता जनतासँगको एकता हुनु पर्ने जनाएका छन् ।
सोमबार नेपाली कांग्रेसको ४८ औँ मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको राजनीतिक स्थिति र अहिलेको शासन सञ्चालन प्रक्रिया प्रति सन्तुष्ट कांग्रेसलाई भड्काउने आफ्नो कुनै उद्देश्य नभएको भन्दै ओलीले व्यङ्ग्य गरे ।
‘अहिलेको स्थिति, अहिलेको परिस्थिति, अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा एउटा ढुङ्गो फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने मेरो इच्छा छैन, त्यस कारण म त्यतापट्टि बिलकुलै जान चाहन्न, कुनै अमन चयनमा खलल पनि पार्न चाहन्न’, ओलीले भने ।
उनले गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई हेर्दाहेर्दै समय नघर्कियोस् भन्दै चेतावनी दिनुभयो । दिनदहाडै मन्त्री भिडमा गएर मानिसलाई उत्तेजित बनाएर गोली चलाएर र बन्दुकको कुँजाले हानेर ठाउँको ठाउँमा मानिस मार्ने काम गरेको उनको भनाइ छ ।
सरकाले काम गरेन भन्नुको सट्टा सरकारले काम गरेन एमाले के हेरिरहेको छ भनेर एमाले माथि नै हमला भइरहेको भन्दै उहाँले आलोचना गर्नुभयो । सरकारको कारण देशमा घटना भइरहेको अवस्थामा पनि कतिपय मानिसहरू एमाले के गर्दै छ भनेर एमाले माथि नै खनिएका ओलीले जनाए । ओलीले राजतन्त्रको बहस अब नेपालमा आवश्यक नरहेको जनाए । राजतन्त्र समाप्त भइसकेकोले अब त्यो फर्किने वा फर्काउने कुनै सम्भावना नहरेको उनले प्रष्ट पारे । राजतन्त्र हटेको नभई हटाइएको कारण अब फिर्ता नल्याइने उनले जनाए। ‘फाल्तु गफ हो यो राजतन्त्रको, राजतन्त्र असान्दर्भिक छ’, ओलीले भने ।
ओलीले लोकतन्त्र जोगाउन राजनीतिक दलहरूको बिचमा एकता र अन्य कुरामा स्वच्छ प्रतिस्पर्धा हुनु पर्ने जानकारी दिए । लोकतान्त्रिक गणतन्त्र, शान्ति, सुशासन, विकास लगायतका प्रश्नमा राजनीतिक एकता आवश्यक रहेको उनले स्पष्ट पारे । कम गरे पनि नगरे पनि उस्तै देख्ने दृष्टिकोण बदल्नु पर्नेमा ओलीले जोड दिए ।
काम गर्ने र नगर्नेलाई एउटै डालामा राखेर हेर्न नहुने उनले जनाए । नेपालीका पुर्खाले तोपसँग खुकुरी जुधाएर देश जोगाएका स्मरण गराउँदै ओलीले अहिले आँखा जुधाए समेत कुरा नगरेको भन्दै सरकारको आलोचना गरे। भारत नेपालको असल मित्र भएकोले आफूलाई अप्ठेरो परेको कुरा प्रष्ट रूपमा राख्नु पर्नेमा उनले जोड दिए । ‘हाम्रो मिचिएको जमिन फिर्ता ल्याउनु परेन ’, उनले प्रश्न गरे ।
ओलीले आफ्नो अनुकूलको कुरा होइन हरेक अवस्थामा एउटै कुरा गर्न आग्रह गरे। यस्ता कुरामा मेलमिलाप गरेर अघि बढ्नु पर्नेमा ओलीले जोड दिए । उनले मेलमिलाप दिवसले यथार्थमा मेलमिलाप गरेर अघि बढ्न आग्रह गरे ।

LEAVE A REPLY