काठमाडौं । सिटिजन्स बैंकले नयाँ योजना ल्याएको छ ।
बैंकले १०.९९ प्रतिशत स्थिर ब्याददरमा ‘सिटिजन्स होम लोन’ योजना ल्याएको हो ।
‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घरकर्जाले पार्नेछ साकार’ भन्ने उद्देश्यसहित योजना ल्याएको हो ।
कर्जा लिन चाहनेहरुले सिटिजन्स क्यूआर स्क्यान गरी अनलाइन मार्फतपनि आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।
निःशुल्क क्रेडिट कार्ड र डेबिट कार्ड सुबिधा तथा पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत छुटको सुबिधा रहेको बैंकले जनाएको छ ।














