राष्ट्रियसभा निर्वाचन ः आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाण्डौ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएकाहरुविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ ।
निर्वाचन कार्यक्रमअनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिने कार्यतालिका रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
यस्तै पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि २०४७ मतदाता रहेका छन् ।

LEAVE A REPLY