इलाम । इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् ।
माई नगरपालिका–६, बिहीबारेका ३७ वर्षीय दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल उपचारका लागि झापा लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।