महोत्तरीमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाण्डौ । महोत्तरीमा दुईटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बर्दिबास–जलेश्वर सडक खन्डको औरही नगरपालिका–१ मा भएको दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । गम्भीर घाइते दुवै जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको रहेको प्रहरीले जनाएको छ ।
सोमबार राति प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY