अनुयायीहरू बेपत्ता पारेको आरोपमा तपस्वी बमजन पक्राउ

काठमाण्डौ । अनुयायीहरू बेपत्ता पारेको आरोपमा प्रहरीले तपस्वी रामबहादुर बमजनलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई काठमाण्डौबाट पक्राउ गरेको प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
अनुयायीहरूमाथि बलात्कार र हिंसा गरी बेपत्ता पारेको आरोप उनीमाथि लागेको छ । सर्लाही जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे पनि उनी बेपत्ता थिए ।

LEAVE A REPLY