काठमाडौं । नेकपा (एमाले) ले राजधानी केन्द्रीत आन्दोलन चर्काउने गृहकार्य अघि बढाएको छ ।
सरकारले मुलुक र जनतामाथि चरम ज्याद्धती गर्न थालेको र राष्ट्रिय स्वाधिनतामाथि समेत गम्भीर खालका आँच आउने काम गरेको निश्कर्षसहित प्रमुख प्रतिपक्षी दल एमाले राजधानी केन्द्रित आन्दोलनको तयारीमा जुटेको हो ।
पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव शंकर पोखरेलले सरकारको गैरजिम्मेवारीपनाले सीमा नाघेको कारण सही ठाउमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपरेको जानकारी दिए ।
सरकार हरेक क्षेत्रमा असफल भएको र मुलुकको स्वाधिनतामाथि पनि गम्भीर आँच आउने खालका काम गरिरहेकाले आन्दोलनको तयारीमा जुटनुपर्छ भन्ने निश्कर्षमा पार्टी पुगेको महासचिव पोखरेलको भनाइ छ ।
निकट भविश्यमा राजधानी केन्द्रित भएर केही गतिबिधि गर्नुपर्छ कि भन्ने ढंगले पनि सोचिरहेको र यो कामको तयारीमा लाग्न उनले सबै जनसंगठनहरूलाई निर्देशनसमेत दिएका छन ।
राजधानीमा मध्यम वर्ग र गरिखाने वर्गमाथि चरम खालका ज्याद्धती भए पनि ठोश ढंगले प्रतिकार हुन नसकेको भन्दै अव त्यस दिशातर्फ पनि अघि बढनुपर्नेमा जोड दिए । सरकार र स्थानीय निकायमा रहेका शासकहरुले जनतामाथि जे गर्दा पनि सहेर बस्ने कुरा उचित नभएको र अब जनताको पक्षमा दृढताका पूर्वक उभ्याउनुपर्ने उनले जानकारी दिए ।