काठमाण्डौ । एनआईसी एशियाले बैंकले ब्याजदर घटाएको छ । बैँकले एक सूचनामार्फत नयाँ ब्याजदर प्रकाशित गर्दै माघ महिनाका लागि ब्याजदर घटाएको हो ।
पुसमा ८.६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर, माघ महिनादेखि ८.०६५ प्रतिशतमा झर्ने भएको छ । बैंकले आफ्नो ब्याजदर ०.६०५ प्रतिशत बिन्दु घटाएको हो । घटाएको ब्याजदर माघ १ गतेदेखि लागू हुने जनाईएको छ ।
त्यसैगरी, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत छ । पुस महिनामा यस्तो ब्याजदर ६.६७ प्रतिशत रहेको थियो ।