ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपियाँ क्यासब्याक पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपियाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।
पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपियाँसम्मको क्यासब्याक पाइनेछ ।
बैंकले रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५,००० रुपियाँँसम्म पैसा पठाउँदा १०० रुपियाँ, त्यसैगरी ५०,०० रुपियाँसम्म पैसा पठाउँदा २०० रुपियाँ र ५०,०० रुपियाँभन्दा बढि पैसा पठाउँदा २५० रुपियाँ क्यासब्याक प्राप्त गर्नेछन् ।
यो योजना जनवरी ३१, २०२४ सम्म लागू रहनेछ ।
साथै ग्लोबल आइएमई बैैकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पूनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपियाँसम्म थप गरिदिनेछ ।
बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

LEAVE A REPLY