नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बाराको सिमरामा खोल्यो शाखा

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले बाराको सिमरा उपमहानगरपालिका २, सिमरा रोडमा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यो सँगै मधेश प्रदेशमा बैंकका शाखा २१ पुगेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखा उद्‍घाटन गरे। उनले शाखा सञ्चालनमा आएसँगै सिमरा र आसपासका वासिन्दाले सहज रुपमा बैंकिङ कारोबार गर्न पाउने जनाए। उनले सेवाग्राहीलाई प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाए।
बैंकले हाल २६२ शाखा कार्यालय र ६३ वटा एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिंदै आएको छ ।

LEAVE A REPLY