काठमाडौं । कुमारी बैंकले ब्याजदर घटाएको छ । बैँकले पुस महिनाको तुलनामा माघका लागि ब्याजदर घटाएको हो ।
एक सूचना जारी गर्दै बैँकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.११ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, सोही निक्षेपमा न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ। एक वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ८.११ प्रतिशत ब्याज दिने बैँकले जानकारी दिएको छ ।
त्यसैगरी, बैंकले संस्थागत मुद्दतीमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको हो ।
चालू महिना (पुस) मा व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो । संस्थागत मुद्दतीमा भने ७.३१ प्रतिशत ब्याज दिइरहेको छ।