धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) महाधिवेशनबाट अध्यक्ष पदमा रेशमलाल चौधरी निर्विरोध चयन भएका छन् ।
कैलालीको टीकापुरमा जारी पार्टीको प्रथम महाधिवेशनबाट चौधरी पार्टी अध्यक्षमा निर्विरोध चयन भएका हुन।
निर्वाचन प्रक्रियामा अध्यक्ष पदमा रेशमको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको जानकारी दिर्ईएको छ । उनकी पत्नी रञ्जिता श्रेष्ठ दौडमा भए पनि उनले अन्तिमसम्म उम्मेदवार दिइनन् ।