दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्यो

दाङ । दाङको राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट बस खसेको छ । शुक्रबार राति नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस १० बजे राप्ती पुलबाट खसेको हो ।
जिल्ला प्रहरी कार्यलयले बस दुर्घटना भएको पुष्टि गरेको छ । गाडीमा ३० जना सवार रहेको प्रहरीले जानकारी दिएको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिले सेना र प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य जारी छ ।

 

LEAVE A REPLY