माओवादीको विधान सम्मेलन फागुन १–३ गते

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन आउँदो फागुन १ देखि ३ गतेसम्म गरिने भएको छ । विधान सम्मेलन काठमाडौंमा गर्ने निर्णय पनि गरिएको छ ।
शनिबार बसेको स्थायी कमिटीको बैठकबाट यो निर्णय गरिएको उपाध्यक्ष एवं पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
विधान सम्मेलनअघि माघ २६ गते स्थायी कमिटीको बैठक बस्ने उनले जानकारी दिए ।

LEAVE A REPLY