सेतो पहरामा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाण्डौ । राजधानी काठमाण्डौबाट हेटौंडा जोड्ने थानकोट–चित्लाङ सडक खण्डको सेतो पहरामा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
थानकोटबाट चित्लाङतर्फ गइरहेको प्रदेश–३–०१–०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका–४ मा शनिबार दिउँसो दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै ६ वर्षीय स्माइल गौतम घाइते भएका छन् ।
मृत्यु हुनेमा काठमाण्डौको लाजिम्पाट बस्ने ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतम रहेका थानकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।
घाइते बालकलाई उपचारका लागि काठमाण्डु ल्याइएको छ । प्रहरीका अनुसार बालकको अवस्था पनि गम्भीर छ । कार सडकबाट करीब ६०० मिटर तल खसेको थियो ।

LEAVE A REPLY