मोटुल लुब्रिकेन्टको डिलर्स मिट सम्पन्न

काठमाडौं। मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले डिलर्स मिट गरेको छ। आईएमई इलेक्ट्रिकले आधिकारिक वितरक नियुक्त भएको डेढ महिनापछि काठमाडौंमा डिलर्स मिट गरेको हो।
नेपालमा यसअघि मोटुल ब्रान्डको आधिकारिक वितरक विशाल ग्रुपअन्तर्गतको भीजी अटोमोबाइल्स थियो। आईएमई ग्रुपअन्तर्गतको कम्पनीले गरेको डिलर मिटमा उपत्यकाका विभिन्न डिलरका संचालक सहभागी थिए।
कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वकै प्रतिष्ठित लुब्रिकेन्टसँग जोडिएर आईएमई ग्रुप नयाँ बाटोमा प्रवेश गरेको जानकारी दिए।
मोटुल इन्डिया प्रालिका सीईओ नागेन्द्र पाईले नेपालकै ठूलो र प्रतिष्ठित ग्रुपसँग जोडिएर रणनीतिक सहकार्य गर्न पाएकामा खुसी व्यक्त गरे।
आईएमई अटोमोबाइल डिभिजनका कार्यकारी निर्देशक निशान ढकालले डिलरहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नयाँ उत्पादन र स्किम सार्वजनिक गरिएको थियो। डिलरहरुहरुले ठूलो मात्रामा अर्डर गरेका छन्।
भारतमा उत्पादन हुने फ्रेन्च लुब्रिकेन्ट ब्रान्ड मोटुल विश्वका १७५ भन्दा बढी देशमा बिक्री–वितरण हुँदै आएको छ।
टु–ह्विलर, फो–ह्विलर, ट्रक, बस, ट्रयाक्टरदेखि हेभी ड्युटी कमर्सियल भेइकलसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ। यी सबै रेन्ज नेपाली बजारमा उपलब्ध हुने आईएमई इलेक्ट्रिकले जनाएको छ।

LEAVE A REPLY