तुलसीपुर । रोल्पाका एक किशोरको रुकुम पश्चिममा धारिलो हतियार प्रहार गरि हत्या भएको छ । रोल्पाको परिवर्तन गाउँपालिकाका १४ वर्षीय निर्मल डाँगीलाई रुकुमको मुसिकोट नगरपालिका ११ काफलडाँडाका ३२ वर्षीय चन्द्रबहादुर पुनले धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
यस्तै धारिलो हतियार प्रहारबाट मुसीकोट नगरपालिका ११ का सुकलाल पुन समेत घाइते भएको प्रहरीले जनाएको छ । निर्मल सुतिरहेको कोठामै गएर पुनले खुकुरी प्रहार गरि हत्या गरेको खुलेको छ । उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।