चिनियाँ उपमन्त्री भोलि नेपाल आउँदै

काठमाण्डौ । बंगलादेश भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल भोलि शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ ।
माल्दिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले बिहीबार बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् ।
बंगलादेश भ्रमण सकेर उनी नेतृत्वको टोली भोलि शुक्रबार बिहान साढे ११ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपालमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम छ ।
टोली ४ दिनसम्म नेपाल भ्रमणमा रहने भएको छ ।

LEAVE A REPLY