साझा मुद्दामा एकतालाई निरन्तरता दिन सभामुख घिमिरेको आह्वान

काठमाण्डु । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा राजनीतिक दलहरूको एकतालाई निरन्तरता दिन आह्वान गरेका छन् ।
आज सोमबार प्रतिनिधिसभाको बैठक सुरु गर्दै उनले दलहरूबीचको एकतामा जोड दिए ।
उनले चालू अधिवेशनदेखि संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन केही नयाँ अभ्यास गर्न लागेको जानकारी दिए । अधिवेशनदेखि संसदीय गतिविधि समयबद्ध सञ्चालन गर्न कार्यतालिका लागू गर्ने र यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने उनले जनाए ।
प्रतिनिधि सभाको बितेका २ अधिवेशनमा संसद् नियमावली निर्माण र संसदीय समितिले पूर्णता पाएको भन्दै उनले अब संसदीय गतिविधि सहज ढंगले अघि बढ्ने जानकारी दिए ।
गत अधिवेशनमा जम्मा एउटा कानून बने पनि धेरै कानून निर्माणको तयारी भइरहेकाले आगामी दिनमा धेरै काम हुने उनले जनाए ।

 

LEAVE A REPLY