काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ।
विराटनगरमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति साढे ११ बजे उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित उनी पछिल्लो समय मिर्गौलाको उपचार गराइरहेका थिए। झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए।
उनी प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति, राष्ट्रिय पञ्चायत सदस्य हुँदै जलस्रोत सहायक मन्त्री र सामान्य प्रशासन मन्त्रीसम्म भएका थिए। बुढाथोकीको पार्थिक शरीरलाई मंगलबार जिल्ला पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिइनेछ ।