आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१, ८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत भएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
सरकारको नयाँ बजेट तालिका अनुसार आगामी आवको बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस भएको हो ।
यसले आगामी बजेट कस्तो बनाउने भन्नेबारे संसद्‍मा पर्याप्त छलफल हुने र जनताका प्रतिनिधिले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समेट्न सहज हुने सरकारको भनाइ छ ।

LEAVE A REPLY