काठमाडौं । अभिनेत्री नन्दिता केसीले कार्डियोलोजिस्ट डा. अरविन्द्र कटवालसँग इन्गेजमेन्ट गरेकी छिन । केही दिनअघि क्यानडामा उनीहरुबीच इन्गेजमेन्ट भएको जनाईएको छ ।
नन्दिताले प्रेमी अरविन्द्रले आफूलाई प्रस्ताव राखेको र आफूले हुन्छ भनेको जानकारी दिएकी छिन । उनीले सामाजिक सञ्जालमा अरविन्द्रले औंठी लगाइदिएको तस्वीर सेयर गर्दै भनेकी छिन, –‘जीवनको नयाँ यात्राको सुरुवात‘ मैले हुन्छ भने‘’
उनीहरुको विवाह यहि फागुनको १९ गते शनिबार काठमाडौंमा हुने जनाईएको छ । उनीहरुको मागी विवाह हुन लागेको हो ।
अरविन्द्र अमेरिकाको नर्थ क्यालिफोर्नियामा बस्दै आएका छ भने नन्दिता पनि पछिल्लो समय अमेरिकामा बस्दै आएकी छिन । अहिले भने नन्दिता काठमाडौंमा छिन । उनी विवाहको लागि एक महिना अगाडि काठमाडौं आएको जनाईएको छ ।
नन्दिताले ‘इन्द्रेणी, कैफियत, बाटोमुनिको फूल, हामी तीन भाई, युगदेखि युगसम्म, निशाना, जंगबहादुरको कोट, सपना, मृगतृष्णा’ लगायतका चलचित्रमा काम गरेकी छिन ।