नबिल बैंकद्वारा ब्याजदर घटाउने निर्णय, मुद्दति र बचतसँगै ऋणको पनि घट्ने

काठमाडौं । चैत्र १ गतेबाट लागू हुने गरी नबिल बैंकले ब्याजदरमा कटौति गर्ने निर्णय गरेको छ । आज सूचना प्रकाशित गर्दै नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार चैत्र महिनाका लागि साधारण बचत खातामा ३.७५० प्रतिशतदेखि ५.७५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा भने ६.७५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
त्यसैगरी बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.२५० प्रतिशतदेखि अधिकतम ७.२५० प्रतिशतसम्म र संस्थागततर्फ न्यूनतम ५.२५० प्रतिशतदेखि अधिकतम ६.२५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले यता रेमिट्यान्सतर्फ न्यूनतम ७.२५० प्रतिशतदेखि अधिकतम ८.२५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
बचत र मुद्दति खाताको ब्याजदर घटाएसँगै बेसरेट पनि घट्नेछ । बेसरेट घटेसँगै सबै प्रकारका ऋणीहरूको ब्याजदर घट्नेछ ।

LEAVE A REPLY