प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले १५७ जना सांसदको विश्वासको पाएका हुन् ।
जम्मा २६८ सांसदले मत हालेका थिए । दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ, भने एकजना तटस्थ बसे । विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । उनलाई एमाले,रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् ।

LEAVE A REPLY