काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गरेका छन ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले तीनजनालाई आज पदमुक्त गरेका हुन । फागुन २८ गते बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सफारिस गरेको हो ।
पदमुक्त भएका तीनैजना प्रदेश प्रमुख काँग्रेसका हुन । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै उनीहरुलाई पदबाट हटाइएको हो ।