शेयर बजारमा ३.३४ अंकको गिरावट,करीब साढे ३ अर्बको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार आज पनि तल झरेको छ । आज ३.३४ अंकले बजार घटेको हो । ०.१६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६३.९५ अंकमा झरेको छ ।
आज ३०५ कम्पनीका ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६.१६ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार समग्रमा घटे पनि विभिन्न ५ कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत बढी कमाएका छन् । गोर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रो, सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्त र धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९४ र ९.२८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै बोटलर्स नेपाल बालाजुका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ५२ लाख ९७ हजार १ सय ५१.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार शेयर बजार १०.६२ अंकले घट्दा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४.३३ रुपियाँ, सोमबार ३.२७ अंकले बजार उचालिंदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८.९१ रुपियाँ र हिजो मंगलबार बजार ६.२४ अंकले घट्दा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४.८७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY