आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ। बैठकमा आव २०८१, ०८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थ मन्त्रीसँग छलफल हुनेछ र कार्ययोजना उपसमितिको प्रतिवेदन प्रस्तुत हुने जनाईएको छ ।
यस्तै, साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उदयपुर र हेटौंडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमाथि छलफल हुने जानकारी दिईएको छ ।
त्यस्तै बिहान १० बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवं थुनुवाहरूको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण सम्बन्धमा, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ।
त्यस्तै साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रश्ताव पास हुनेछ।
बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको समितिको कार्यक्षेत्र र कार्ययोजनाको बारेमा छलफल हुनेछ।
बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एवं अनुदानमा आधारित कृषि तथा पशुपालन व्यवसाय सम्बन्धी विषयमा रहेका कार्यक्रमहरुको सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री सचिवबीच परियोजनाका बारेमा छलफल हुनेछ।

LEAVE A REPLY