बाँसवारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान जारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान भइरहेको छ । बिहानदेखि सरकारी वकिलको कार्यालयमा चौधरीको बयान सुरु भएको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार उनी सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भएका थिए । यसअघि सभामुख देवराज घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।
त्यसलगत्तै बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा उनको बयान लिन थालिएको हो ।
बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता भएको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा स्वामित्व हस्तान्तरण भएको विषयमा अनुसन्धान थालिएको थियो ।

LEAVE A REPLY