धरान । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार बुधबार अन्दाजी १८–१९ वर्षकी किशोरीको शव फेला परेको हो ।
हालसम्म शवको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रवक्ता भण्डारीका अनुसार धारिलो हतियारले घाँटी रेटिएको अवस्था शव फेला परेको हो । शव खोल्सामा घोप्टो अवस्थामा भेटिएको उनको भनाई छ ।
प्रहरीले शव नजिकै खुकुरी सेमत फेला पारेको छ । शव परीक्षणका लागि प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।