शेयर बजारमा १७.०४ अंकको गिरावट, करीब साढे ५ अर्बको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले घट्दा नेप्से पुनः २१ सय अंकभन्दा तल झरेको छ । नेप्से तल झरे पनि कारोबार रकम भने उत्साहजनक रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.०४ अंकले घटेको हो । ०.८० प्रतिशतले बजार घट्दा नेप्से २०९५.२५ अंकमा झरेको छ ।
बजार तल झरे पनि होटल समूह ०.०४ प्रतिशतले बढ्यो भने बाँकी सबै राताम्मे भए । लघुवित्त समूह सबैभन्दा बढी १.७१ प्रतिशतले घटेको हो ।
आज ३१७ कम्पनीका १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५ सय ५१.८५ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त, शिवश्री हाइड्रो, कुथेल बुखरी हाइड्रो र दिव्यश्वरी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९४, ८.१७, ७.३५ र ६.७१ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै भगवती हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३० करोड ४० लाख ५३ हजार ४ सय ९२.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
भोलि सोमबार भने सरकारले बक्र इदको सार्वजनिक बिदा दिएका कारण शेयर बजार बन्द रहने छ ।

LEAVE A REPLY