पदमुक्त भएपछि प्रचण्ड खुमलटार फर्किए

काठमाडौँ । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार छाडेर खुमलटार फर्किएका छन्। पदमुक्त हुने बित्तिकै राष्ट्रपतिलाई भेटेर उनी आफ्नो निजी निवास खुमलटार फर्किएका हुन्।
बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन्।
यसअघि प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका थिए।
एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए। तर, प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो भने उनको विपक्षमा १९४ मत परेको थियो।

LEAVE A REPLY