जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाण्डौं । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिदैछन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजकिशोर यादव प्रधानमन्त्री ओलीसंग निरन्तर संवादमा छन् । जसपा संसदीय दलको बैठकबाट यसबारेमा निर्णय गर्ने पार्टी अध्यक्ष यादवले जानकारी दिएका छन् । शनिवार जसपा संसदीय दलको बैठक बोलाउने तयारी छ ।
जसपाले ओली नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, जसपालाई भने सरकारमा सहभागी गराइएको छैन् । जसपाबाट राजकिशोर यादवलाई मन्त्री बनाउने सम्भावना छ ।
साउन ६ मा विश्वासको मत लिएसंगै यादवलाई मन्त्री नियुक्त गर्ने सम्भावना रहेको जनाईएको छ । त्यसमा अध्यक्ष उपेन्द्र यादव समेत सकरात्मक भइसकेका छन् । जसपाले उद्योग मन्त्रालयमा दावी गरेको छ । यसअघि यादव १३ दिन उद्योगमन्त्री समेत बनेका थिए ।
हाल उद्योगमन्त्रीमा एमालेबाट दामोदर भण्डारी र भुमिसुधार मन्त्री वलराम अधिकारी दोहोरिएका छन् । जसपा सरकारमा सहभागी भए एमालेबाट एक मन्त्री घट्ने सम्भावना छ ।

LEAVE A REPLY