कांग्रेस संसदीय दलको बैठक भोलि १२ बजे बस्ने

काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
भोलि आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अगाडि बस्ने बैठकमा सरकार, संसद् र समसामयिक राजनीतिको विषयमा छलफल हुने जनाईएको छ ।

LEAVE A REPLY