शेयर बजारमा ५३.६३ अंकको गिरावट, साढे १० अर्बको कारोबार

काठमाडौं । गत साताबाट शेयर बजार पुनः ओरालो लागिरहेको छ । यसैक्रममा यो साताको पहिलो दिन आज आइतबार पनि बजार उच्च अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५३.६३ अंकले घटेको हो । १.९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६९५.९३ अंकमा ओर्लिएको छ ।
नेप्से ओरालो लागेसँगै आज म्युचुअल फण्ड बाहेक बाँकी समूह राताम्मे भएका छन् । म्युचुअल फण्ड भने ०.८० प्रतिशतले बढेको छ । वित्त समूह सबैभन्दा बढी ३.४४ प्रतिशतले घटेको हो ।
आज ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९.३२ रुपियाँ बराबरको शेयर कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि सबैभन्दा बढी सुपरमाई हाइड्रो र हिमालयन पावरका लगानीकर्ताहरुले क्रमशः १० र ९.८७ प्रतिशतले नाफा कमाएका छन् ।
आज विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी घाटा व्यहोरेका छन् । पिपुल्स पावर, माई खोला हाइड्रो, थ्रीस्टार हाइड्रो, उपकार लघुवित्त, नेपाल फाइनान्स र मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९१, ९.५३ र ९.२६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज गुडवील फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५२ करोड ३१ लख १० हजार ४ सय ९२.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

LEAVE A REPLY