गण्डकी सरकारका मन्त्री ‘दीपक मनाङे’ ले दिए राजीनामा

पोखरा । गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले मन्त्री पदबाट राजीनामा दिएका छन ।
सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री भएका गुरूङले मन्त्रालय फेरिएसँगै राजीनामा दिएका हुन ।
मनाङ्गेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय नेकपा एमालेलाई सरकारमा सहभागी गराउने क्रममा एमालेलाई दिइएपछि उनी असन्तुष्ट थिए ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङ्गेको मन्त्रालय परिवर्तन गरेर आजै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन।

LEAVE A REPLY