Page 6

नेपाल लाइफको ५ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

all logos final

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार १ सय १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बुधबारबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको कम्पनीको सेयर खरिद गर्न पुस १९ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।
इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले सूचना जारी गर्दै संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले आवेदन दिनसक्ने उल्लेख गरेको छ ।
लगानीकर्ताले न्यूनतम् १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्ने छ । प्रतिसेयर ३ सय २५ रुपैयाँ मूल्य तोकिएको छ । बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको काठमाडौं थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ ।

 

शेयर बजारमा १७.२३ अंकको गिरावट, कारोबार रकम पनि घट्दै

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । साताको पहिलो दिन आइतबार बजार घटेको थियो भने गतसाताको अन्तिम दिन बिहीबार पनि बजार ओरालो झरेको थियो ।
गत साताको बिहीबार ३२.७७ अंक र गत आइतबार २१.०३ अंकले घटेको बजार आज पनि १७.२३ अंकले घटेको हो । तीन दिनमा बजार ७१.०३ अंकले घटेको हो ।
यसैक्रममा आज ०.८२ प्रतिशतले बजार घट्दा नेप्से २०७०.८४ अंकमा झरेको छ ।
आज ३०७ कम्पनीका १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११.३७ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटेपनि नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ र चिरख्वा हाइड्रोको शेयर मूल्य १०, १० प्रतिशतले बढ्यो । अरु ७ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए ।
त्यस्तै बीपीडब्लू लघुवित्त, हिमालयन हाइड्रो र सूर्यज्योति लाइफका लगानीकर्ताहरुले क्रशः १०, ९.९९ र ९.८२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ६६ लाख ६४ हजार ७ सय ९३.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार २१.०३ अंकले घट्दा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८ सय २९.८० रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार क्रिसमस र मंगलबार उधौली पर्वको सार्वजनिक बिदाका काराण बजार बन्द रहेको थियो ।

देशभरका विद्यालयले आज ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्नुपर्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न अनुरोध गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा देशभरका विद्यालयलाई शिक्षा मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्ने ज्येष्ठ नागरिकप्रति बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेको उनले जानकारी दिएका छन् ।
ज्येष्ठ नागरिकको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्‍चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरेको उनको भनाइ छ ।
“ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्‍चालनका महत्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील छ,” सुभकामना सन्देशमा उनले भनेका छन्, “यसका लागि सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको छ ।”

बाराका प्रिन्सिपलको हत्याका मुख्य अभियुक्त सिंह पक्राउ

बारा । प्रिन्सिपल रूपेश स्वर्णकार हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सुजित कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनाए । उनलाई प्रहरीले एक थान पेस्तोल र पाँच थान गोली समेत पक्राउ गरेको हो ।
बाराको बिश्रामपुर गाँउपालिका वडा नं ३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको काफ्लेले जनाए । सिंहको दुवै खुट्टामा गोली लागेको छ ।
गत असोजमा बाराको सदरमुकाम कलैयामा वडा नम्बर ६ मा दुई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समूहले बाल एकता बोर्डिङका प्रिन्सिपल स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए ।
स्वर्णकार अन्नपूर्ण स्विट्सबाट मिठाई किनेर मोटरसाइकलमा विद्यालय फर्किरहेका बेला अज्ञात समूहले छाती, टाउकोमा गोली प्रहार गरी फरार मध्येका मुख्य सुटर सिंह रहेको प्रहरीले यस अघिनै पत्रकार सम्मेलन गरी जनाएको थियो ।
खुट्टामा गोली लागेका सिंहलाई कलैया अस्पतालमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । सार्पसुटरका नामबाट परिचित सिंह यसअघिका बाराका दुई घटनाका समेत सुटर रहेको प्रहरीले जनाएको छ । घटनाको छानविन भइरहेको प्रहरीले जनाएका छ ।

‘हिमालयन रि’ को आईपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बुधबार बिहान बाँडफाँट हुने छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ताज ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको छ ।
उक्त कम्पनीको आईपीओका लागि १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् ।
आईपीओ भरेका सबैले १०–१० कित्ता शेयर पाउने छन् भने केहीले गोलाप्रथाबाट थप कित्ता शेयर पाउने छन् ।
यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्ता रु. १०० अंकित दरमा रु. १०६ प्रिमियम थप गरी प्रतिकित्ता रु. २०६ मा बिक्री गर्न लागेको हो ।
६ लाख कित्ता कम्पनीका कर्मचारी र १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दै

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।
तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने जनाईएको छ ।
बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेन्डा रहेको छ । यसअघि सचिवालय बैठकमा नेताहरू ७० वर्षे हद हटाउने गरी विधान संशोध गर्न सहमति भएका थिए ।
एकीकृत समाजवादीले विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागेको छ । केन्द्रीय कमिटीमा यो विषयमा छलफल हुनेछ ।
महासचिव घनश्याम भुसालका अनुसार बैठकमा देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल हुनेछ ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ हुने भएको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाइ हुन लागेको हो । यसअघि सोमबार र मंगलबार सार्वजनिक बिदाका कारण अदालत बन्द रहेकाले सुनुवाइ आज हुन लागेको हो ।
नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा जिल्ला अदालतल काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

क्रिकेट एक्सिलेन्सलाई हराउँदै महावीर फाइनलमा

काठमाडौं । क्रिकेट एक्सिलेन्स सेन्टरमाथि पाँच विकेटको जित निकाल्दै महावीर क्लब प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोटको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार मूलपानी क्रिकेट मैदानमा मंगलबार क्रिकेट एक्सिलेन्स सेन्टरले प्रस्तुत गरेको १७० रनको लक्ष्य महावीरले ३०.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।
महावीरका कप्तान रविन जोशीले ६८ बलमा सात चौका र एक छक्कासहित अविजित ७७ रन बनाए । नवीन तामाङले ३७, प्रतिश जिसीले २२ र विभत्सु थापाले १६ रन बनाए ।
क्रिकेट एक्सिलेन्सका लागि दयानन्द मण्डलले तीन विकेट लिए । यस्तै, सोनु देवकोटा र मनोज यादवले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको क्रिकेट एक्सिलेन्सले ४४.२ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल तयार पारेको थियो ।
क्रिकेट एक्सिलेन्सका ३७, विवेक तामाङले २९, सोनु देवकोटाले २०, दयानन्द मण्डलले १९, विरेन्द्र साउदले १३ र मनोज यादवले १० रन बनाए ।
महवीरका राकेशकुमार कर्णले चार विकेट लिए । सार्थक धितालले तीन विकेट लिँदा प्रतिश जिसी, शरद भेषवाकर र तेज कुँवरले समान एक विकेट लिए ।
महावीरले अब उपाधिका लागि ग्रेट हिमालयन क्रिकेट क्लबको सामना गर्ने छ । यसअघि ग्रेट हिमालयनले न्यू भिजन क्लबलाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

 

मुक्तिनाथ विकास बैंक नेपाल क्लियरिङ हाउसद्वारा सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ ।
नेपाल क्लियरिङ हाउसले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकलाई सम्मान गरेको हो । विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोवार गरेको भन्दै बैंक सम्मानित गरेको हो।
काठमाडौंमा भएको कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले पुरस्कार ग्रहण गरे ।

कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरू फिर्ता बोलाइने प्रधानमन्त्रीको टिप्पणी

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल लिने जानकारी दिएका छन् ।
सरकारको १ वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको जनाए ।
‘यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन । उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसूस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ,’ उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरूको आधार ब्याजदर एकल अंकमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ ।’
भुक्तानी सन्तुलन झण्डै १५० अर्ब रुपैयाँले सकारात्मक रहनु र विगत कैयौ वर्षदेखि घाटामा रहेका चालू खाता समेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि भएको स्पष्ट गर्दै प्रधानमन्त्री प्रचण्डले पुँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित छु र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको जनाए ।
‘व्यापार घाटामा कमी आएको छ तर निर्यात नबढीकन आयात मात्र घटेर कम भएको व्यापार घाटा दीगो हुँदैन भन्ने वास्तविकता म यहाँहरूलाई लुकाउन चाहन्न । समस्याहरूलाई जनतासँग लुकाएर देश अघि बढ्दैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आन्तरिक उत्पादनसँगै निर्यात पनि बढाउने गरी उत्पादन परिमाण वृद्धि गर्न आवश्यक पहल म लिनेछु । विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको छ । अब मेरो ध्यान विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुनेछ । म सबै आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि प्रतिबद्ध छु । कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरू फिर्ता बोलाइने टिप्पणी गरे ।’

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...