‘हिमालयन रि’ को आईपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बुधबार बिहान बाँडफाँट हुने छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ताज ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको छ ।
उक्त कम्पनीको आईपीओका लागि १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् ।
आईपीओ भरेका सबैले १०–१० कित्ता शेयर पाउने छन् भने केहीले गोलाप्रथाबाट थप कित्ता शेयर पाउने छन् ।
यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्ता रु. १०० अंकित दरमा रु. १०६ प्रिमियम थप गरी प्रतिकित्ता रु. २०६ मा बिक्री गर्न लागेको हो ।
६ लाख कित्ता कम्पनीका कर्मचारी र १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

LEAVE A REPLY