Page 19

रिलायबल नेपाल लाइफद्वारा १६.८४ प्रतिशत लाभांश घोषणा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९, ८० को नाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव नारायणहरि अधिकारीले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बिहान बसेको बैठलके आव २०७९÷८० को नाफाबाट ८.६३ प्रतिशत बोनस शेयर र ६.३७ प्रतिशत नगद लाभांश (करसमेत) प्रस्तावन गर्ने निर्णय गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने नायब महाप्रबन्धक ध्रुवप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपियाँ क्यासब्याक पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपियाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।
पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपियाँसम्मको क्यासब्याक पाइनेछ ।
बैंकले रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५,००० रुपियाँँसम्म पैसा पठाउँदा १०० रुपियाँ, त्यसैगरी ५०,०० रुपियाँसम्म पैसा पठाउँदा २०० रुपियाँ र ५०,०० रुपियाँभन्दा बढि पैसा पठाउँदा २५० रुपियाँ क्यासब्याक प्राप्त गर्नेछन् ।
यो योजना जनवरी ३१, २०२४ सम्म लागू रहनेछ ।
साथै ग्लोबल आइएमई बैैकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पूनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपियाँसम्म थप गरिदिनेछ ।
बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

कुमारी बैंकले माघ २८ गते बोलायो साधारण सभा

काठमाडौं । कुमारी बैंकले माघ २८ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले साधारण सभाको मिति तोकेको हो । यसवर्ष साधारण सभामा लाभांश प्रस्ताव गरिने छैन ।
साधारण सभा प्रयोजनका लागि माघ ९ गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।

शेयर बजारमा ९.५० अंकको सुधार, पाँच अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार बिस्तारै उचालिंदै गएको छ । यसैक्रममा आज पनि बजार बढ्दा कारोबार रकम ५ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.५० अंकले बढेको हो । ०.४५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८९.६२ अंकमा उक्लिएको छ ।
आज ३०१ कम्पनीका १ करोड ३४ लाख ७७ हजार ९ सय ४६ कित्ता शेयर किनेबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७ सय ८९.३८ रुपियाँ बराबरको कारोबार भएको हो ।
हिमालयन रि–इन्स्योरेन्ससहित विभिन्न ६ कम्पनीका लगानीकताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । हिमालयन र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य १०–१० प्रतिशतले बढ्दा मुक्तिनाथ कृषि कम्पनी, नेपाल वायरहाउजिङ, ङादी ग्रुप पावर र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९९, ९.९६ र ९.११ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै छिमेक लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.९५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि सोना मिनिरल्सकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३२ करोड ७८ लाख ९१ हजार ६ सय १३.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २६.३६ अंकले बजार घट्दा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९.८५ रुपियाँ, सोमबार ३६.५७ अंकले बजार बढ्दा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९ सय ६.२८ रुपियाँ र हिजो मंगलबार २०.६२ अंकले बजार बढ्दा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८ सय ६६.६७ बराबरको कारोबार भएको थियो ।

राष्ट्रियसभा निर्वाचन ः आज र भोलि उम्मेदवारमाथिको उजुरीउपर जाँचबुझ हुने

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर जाँचबुझ हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
मंगलबार दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरुद्ध एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् ।
राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गर्नेछ । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने छन् ।

एनआईसी एशिया बैंकले घटायो ब्याजदर

काठमाण्डौ । एनआईसी एशियाले बैंकले ब्याजदर घटाएको छ । बैँकले एक सूचनामार्फत नयाँ ब्याजदर प्रकाशित गर्दै माघ महिनाका लागि ब्याजदर घटाएको हो ।
पुसमा ८.६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर, माघ महिनादेखि ८.०६५ प्रतिशतमा झर्ने भएको छ । बैंकले आफ्नो ब्याजदर ०.६०५ प्रतिशत बिन्दु घटाएको हो । घटाएको ब्याजदर माघ १ गतेदेखि लागू हुने जनाईएको छ ।
त्यसैगरी, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत छ । पुस महिनामा यस्तो ब्याजदर ६.६७ प्रतिशत रहेको थियो ।

कानून समितिको बैठक बस्दै, भारतसँग भएका सम्झौताबारे प्रधानमन्त्रीले जानकारी दिने

काठमाडौं । संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आज बुधबार बिहान बस्दैछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुनेछ । बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समितिका सचिव अधि राज राईले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची छ ।
गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयलाई लिएर अहिले चौतर्फी प्रश्न उठिरहेको छ भने सरकारको आलोचनासमेत भइरहेको छ ।
त्यसबारे समिति र सांसदहरूको चासोमा प्रधानमन्त्री दाहाल आफैँ उपस्थित भएर सम्बोधन गर्न लागेका हुन ।
विदेशमन्त्री जयशंकरको भ्रमणका क्रममा नेपाल र भारतबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो भने सरकारले भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सिधैँ समुदायमा गएर सञ्चालन गर्न सक्ने सम्झौतामा समेत सहमति गरेको थियो ।
बुधबारै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने जानकारी दिईएको छ ।

बलात्कार मुद्दामा दोषी ठहर सन्दीपलाई सजाय तोक्न आज पेसी

काठमाण्डौ । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथिको सजाय आज तोकिने भएको छ। पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो।
तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर दुबै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था रहेकाले आज सोही अनुरुप गर्न लागिएको छ। पीडित गौशाला, २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

राजधानी केन्द्रीत आन्दोलन चर्काउने गृहकार्यमा एमाले

काठमाडौं । नेकपा (एमाले) ले राजधानी केन्द्रीत आन्दोलन चर्काउने गृहकार्य अघि बढाएको छ ।
सरकारले मुलुक र जनतामाथि चरम ज्याद्धती गर्न थालेको र राष्ट्रिय स्वाधिनतामाथि समेत गम्भीर खालका आँच आउने काम गरेको निश्कर्षसहित प्रमुख प्रतिपक्षी दल एमाले राजधानी केन्द्रित आन्दोलनको तयारीमा जुटेको हो ।
पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव शंकर पोखरेलले सरकारको गैरजिम्मेवारीपनाले सीमा नाघेको कारण सही ठाउमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपरेको जानकारी दिए ।
सरकार हरेक क्षेत्रमा असफल भएको र मुलुकको स्वाधिनतामाथि पनि गम्भीर आँच आउने खालका काम गरिरहेकाले आन्दोलनको तयारीमा जुटनुपर्छ भन्ने निश्कर्षमा पार्टी पुगेको महासचिव पोखरेलको भनाइ छ ।
निकट भविश्यमा राजधानी केन्द्रित भएर केही गतिबिधि गर्नुपर्छ कि भन्ने ढंगले पनि सोचिरहेको र यो कामको तयारीमा लाग्न उनले सबै जनसंगठनहरूलाई निर्देशनसमेत दिएका छन ।
राजधानीमा मध्यम वर्ग र गरिखाने वर्गमाथि चरम खालका ज्याद्धती भए पनि ठोश ढंगले प्रतिकार हुन नसकेको भन्दै अव त्यस दिशातर्फ पनि अघि बढनुपर्नेमा जोड दिए । सरकार र स्थानीय निकायमा रहेका शासकहरुले जनतामाथि जे गर्दा पनि सहेर बस्ने कुरा उचित नभएको र अब जनताको पक्षमा दृढताका पूर्वक उभ्याउनुपर्ने उनले जानकारी दिए ।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...