Page 28

सांसदले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं । सांसदहरूले बालकुमारी घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।
आज बिहान बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीले राजीनामा दिएर निष्पक्ष छानबिनको लागि मार्ग प्रशस्त गर्नुपर्ने जनाएका हुन् ।
एमाले सांसद राजेन्द्र राईले विदेश गएर रोजगारी गर्छु भन्ने युवाहरूलाई गोली हान्ने गृह प्रशासनको नेतृत्वले राजीनामा गर्नुपर्ने माग गरे । उनले भने, ‘तपाईं राजीनामा दिनुस् । तपाईंले मुलुक चलाउन सक्नुभएन ।’
गृहमन्त्रीले राजीनामा गरेर मुलुकमा सुशासनको व्यवस्था गर्नुपर्ने राईको भनाइ थियो । ‘तपाईं तत्काल राजीनामा दिनुस्, समस्याको समाधान निकाल्नुपर्छ ।’ गृहमन्त्रीले राजीनामा नगरेसम्म उक्त घटनाको छानबिन गर्न गठित आयोगले काम गर्न नसक्ने पनि राईको दाबी थियो । ‘गृहमन्त्रीबाट राजीनामा दिउँ अनि यो समस्या हल हुने वातावरण बन्छ,’ उनले भने ।
सांसद कृष्णगोपाल श्रेष्ठले नैतिकताका आधारमा गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने जनाए ।

ग्लोबल आईएमई बैंकद्वारा ३५ छात्रालाई छात्रवृत्ति

काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ।
ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।
यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएको छ।
यस कार्यक्रम अन्तगर्त बैैंकले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्राहरु छनौट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ।
यो कार्यक्रम अन्तर्गत बैंकले अहिलेसम्म १०५ जनालाई उक्त छात्रवृत्ति ब्यवस्था गरी छात्राहरुको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ।
समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरु आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जानकारी दिएको छ।
यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ।

आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा कटौती

काठमाण्डौं । सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजाबापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा झन्डै ६० हजार रुपैयाँ खर्च हुने गरेको थियो ।
वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद् बैठकको खाजा कटौती भएसँगै वार्षिक झन्डै ६० लाख रुपैयाँ जोगिने भएको छ । मन्त्रिपरिषद् बैठकमा अब सामान्य खाजा खुवाउन शुरु गरिएको छ । सुशासन र सुधारमा ससाना विषय पनि महत्त्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यालयबाट सुधारको थालनी गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

अबको राष्ट्रिय एकता जनतासँगको एकता हुनु पर्ने ओलीको धारणा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रिय एकता जनतासँगको एकता हुनु पर्ने जनाएका छन् ।
सोमबार नेपाली कांग्रेसको ४८ औँ मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको राजनीतिक स्थिति र अहिलेको शासन सञ्चालन प्रक्रिया प्रति सन्तुष्ट कांग्रेसलाई भड्काउने आफ्नो कुनै उद्देश्य नभएको भन्दै ओलीले व्यङ्ग्य गरे ।
‘अहिलेको स्थिति, अहिलेको परिस्थिति, अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा एउटा ढुङ्गो फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने मेरो इच्छा छैन, त्यस कारण म त्यतापट्टि बिलकुलै जान चाहन्न, कुनै अमन चयनमा खलल पनि पार्न चाहन्न’, ओलीले भने ।
उनले गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई हेर्दाहेर्दै समय नघर्कियोस् भन्दै चेतावनी दिनुभयो । दिनदहाडै मन्त्री भिडमा गएर मानिसलाई उत्तेजित बनाएर गोली चलाएर र बन्दुकको कुँजाले हानेर ठाउँको ठाउँमा मानिस मार्ने काम गरेको उनको भनाइ छ ।
सरकाले काम गरेन भन्नुको सट्टा सरकारले काम गरेन एमाले के हेरिरहेको छ भनेर एमाले माथि नै हमला भइरहेको भन्दै उहाँले आलोचना गर्नुभयो । सरकारको कारण देशमा घटना भइरहेको अवस्थामा पनि कतिपय मानिसहरू एमाले के गर्दै छ भनेर एमाले माथि नै खनिएका ओलीले जनाए । ओलीले राजतन्त्रको बहस अब नेपालमा आवश्यक नरहेको जनाए । राजतन्त्र समाप्त भइसकेकोले अब त्यो फर्किने वा फर्काउने कुनै सम्भावना नहरेको उनले प्रष्ट पारे । राजतन्त्र हटेको नभई हटाइएको कारण अब फिर्ता नल्याइने उनले जनाए। ‘फाल्तु गफ हो यो राजतन्त्रको, राजतन्त्र असान्दर्भिक छ’, ओलीले भने ।
ओलीले लोकतन्त्र जोगाउन राजनीतिक दलहरूको बिचमा एकता र अन्य कुरामा स्वच्छ प्रतिस्पर्धा हुनु पर्ने जानकारी दिए । लोकतान्त्रिक गणतन्त्र, शान्ति, सुशासन, विकास लगायतका प्रश्नमा राजनीतिक एकता आवश्यक रहेको उनले स्पष्ट पारे । कम गरे पनि नगरे पनि उस्तै देख्ने दृष्टिकोण बदल्नु पर्नेमा ओलीले जोड दिए ।
काम गर्ने र नगर्नेलाई एउटै डालामा राखेर हेर्न नहुने उनले जनाए । नेपालीका पुर्खाले तोपसँग खुकुरी जुधाएर देश जोगाएका स्मरण गराउँदै ओलीले अहिले आँखा जुधाए समेत कुरा नगरेको भन्दै सरकारको आलोचना गरे। भारत नेपालको असल मित्र भएकोले आफूलाई अप्ठेरो परेको कुरा प्रष्ट रूपमा राख्नु पर्नेमा उनले जोड दिए । ‘हाम्रो मिचिएको जमिन फिर्ता ल्याउनु परेन ’, उनले प्रश्न गरे ।
ओलीले आफ्नो अनुकूलको कुरा होइन हरेक अवस्थामा एउटै कुरा गर्न आग्रह गरे। यस्ता कुरामा मेलमिलाप गरेर अघि बढ्नु पर्नेमा ओलीले जोड दिए । उनले मेलमिलाप दिवसले यथार्थमा मेलमिलाप गरेर अघि बढ्न आग्रह गरे ।

प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि पुगेर प्रदर्शन गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीनजना कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर अर्धनग्न प्रदर्शन गरेका थिए ।
उनीहरूले मान्छे मार्न पाइँदैन, ‘नो एमसीसी’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए । सामान्य पोशाकमा प्रधानमन्त्री कार्यालय अगाडि पुगेका उनीहरू प्रधानमन्त्री कार्यालय अगाडि पुग्ने बित्तिकै अर्धनग्न भएर नारा लगाएका थिए । तत्कालै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनका क्रममा प्रधानमन्त्री प्रचण्ड कार्यालयमै थिए ।

शेएर बजारमा ८.७५ अंकको गिरावट, साढे चार अर्बको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजारमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रह्यो । आज साढे ४ अर्बको शेयर किनबेच भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज ८.७५ अंकले बजार तल झरेको हो । ०.४२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६०.१५ अंकमा ओर्लिएको छ ।
आज ३०६ कम्पनीका १ करोड १८ लाख ९२ हजार ५ सय ५९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१.३४ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि सीईडीबी हाइड्रो र चिरख्वा हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाए भने नेपाल वायरहाउजिङ, हाथवे, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९९, ९.९८ र ९.९४ प्रतिशत नाफा कमाए ।
त्यस्तै मोलुङ हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.०९ प्रतिशतले घाटा व्यहोरे ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भयो । उक्त कम्पनीको २० करोड १३ लाख ७३ हजार ६ सय ६२.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार भने तमु ल्होसारको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।

राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ । सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको नियुक्ति गर्न लागिएको हो ।
पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने र माघ ११ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम रहेको छ । निर्वाचनमा भाग लिने प्रयोजनका लागि यसअघि नै आयोगमा दल दर्ता भैसकेका छन ।
आयोगले ७ वटा प्रदेशका २, २ ठाउँमा गरी १४ ठाउँमा मतदान केन्द्र तोकिसकेको छ । १९ जनाको निर्वाचनका लागि ५४९ जना प्रदेश सभा सदस्य र १ हजार ४ सय ९८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवम अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने पनि आयोगले जानकारी दिएको छ ।
निर्वाचन नजिकिएसँगै आयोगमा दर्ता भएका राजनीतिक दलहरुले उम्मेदवारको छनोट गर्ने तयारी गरिरहेका छन । राष्ट्रिय सभामा रिक्त रहने २० सदस्यमध्ये १९ जनाको निर्वाचनबाट र एक जनाको मनोनयनबाट पदपुर्ति हुने पनि आयोगले जानकारी दिएको छ ।

बाँकेमा स्कार्पियोको ठक्करबाट २ पैदलयात्रुको मृत्यु

बाँके । बाँकेमा स्कार्पियोको ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका १८ को कारकाँदो एसके पेट्रोल पम्म नजिकै गएराति सु.प.प्र. ०१ ०० च ३४६३ नम्बरको स्कार्पियो कार अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्ज १३ निवासी अन्दाजी २४ वर्षीया आस्था साह र पहिचान नखुलेका करिब ३० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जानकारी दिएको छ ।
दुर्घटनामा २५ वर्षीया सहाना साह घाइते भएकी छिन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने स्कर्पियोका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

आज माओवादी केन्द्रको ‘रूपान्तरण अभियान’ समापन हुँदै

????? (??????? ???????)?? ????????? ??????? ?????? ?????? ???? ????? ?????? ?????? ????? ???????? ??????? ??? ????????????? ???????? ????? '???????' ? ??????? ????????? ???? / ????

काठमाडौंं । नेकपा (माओवादी केन्द्र) को ‘रूपान्तरण अभियान’ आज समापन हुँदै छ । पालिकास्तरमा आज बृहत् जनपरिचालन गरेर पार्टीको विशेष रूपान्तरण अभियान समापन गरिँदै छ ।
गत बिहीबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले पुस १६ आज अभियान समापन गर्ने निर्णय गरेको थियो । माओवादीले अभियानले जनतासँग जोड्न प्रभावकारी भूमिका खेलेको निष्कर्ष निकालेको छ ।
अभियानले पार्टी संगठन जीवन्त, चलायमान र सक्रिय भएको माओवादीको निचोड छ ।
माओवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार भदौ १६ गतेबाट तीनमहिने विशेष रूपान्तरण अभियान सुरु गरेको थियो ।

आज बाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आज सोमबारबाट अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२४ सुरू भएको छ ।
प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन इस्वी सन् सुरु हुन्छ । इसाइ धर्मका प्रवत्र्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

 

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...