Page 5

चलचित्र ‘गोरखा वारियर’को ‘ट्रेलर’ सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘गोरखा वारियर’को ‘ट्रेलर’ सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।
चलचित्र फागुन ११ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । कार्यक्रममा बोल्दै निर्देशक मिलन च्याम्सले कलाकार सबै बराबर भएकाले सानो कलाकार भनेर कसैले हेप्न नहुने जानकारी दिए ।
उनले सानो कलाकारको सहयोग बिना कुनैपनिप कलाकार सुपरस्टार बन्न नसक्ने जनाए । सिनेमाले देशका सुरक्षा फोर्समा काम गर्ने सुरक्षाकर्मीलाई युद्ध कसरी गर्ने भनेर पनि सिकाउनेजनाए ।
च्याम्सले यस सिनेमाले साँच्चिकै कसरी युद्ध गर्ने भन्नेकुरा सिकाउने जनाए । चलचित्रमा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई प्रश्तुत गरिएको छ । यो चलचित्र वास्तवितक घटनामा आधारित रहेको जनाईएको छ ।
नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ ।
लण्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन् ।

सानिमा रिलायन्स लाइफको साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको छैठौं वार्षिक साधारण सभा अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौँमा सम्पन्न भएको हो ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, साविक सानिमा लाइफ र रिलायन्स लाइफको आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षको प्रतिवेदन पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्ने एजेण्डा समेत पारित गरेको हो ।
कम्पनीले यस वर्ष आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको थिएन् ।
त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालक चयन भएका छन् ।
कम्पनीले साधारणसभा प्रयोजनार्थका लागि पुस २६ गते बुक क्लोज गरेको थियो ।

लुम्बिनीमा गठबन्धनका दुई उमेदवार विजयी

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका दुवै उमेदवार विजयी भएका छन् ।
आजै सकिएको मतदान र मतपरिणामअनुसार महिला क्लष्टरमा कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् । लुम्बिनीमा एमालेका झपेन्द्रबहादुर जीसी र महिला उमेदवारमा तुलसाकुमारी केसीले उमेदवारी दिएका थिए ।

मधेसबाट गठबन्धनका ढुंगाना र चौधरी विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट सत्ता गठबन्धनबाट काँग्रेसका आनन्द ढुङ्गाना र जनता समाजवादी पार्टीबाट पूजा चौधरी निर्वाचित भएका छन ।
अन्य समूहबाट निर्वाचित ढुङ्गानाले ७ हजार ३ सय ७० मत पाएका थिए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मत पाएकी थिइन ।

चिनियाँ उपमन्त्री भोलि नेपाल आउँदै

काठमाण्डौ । बंगलादेश भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल भोलि शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ ।
माल्दिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले बिहीबार बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् ।
बंगलादेश भ्रमण सकेर उनी नेतृत्वको टोली भोलि शुक्रबार बिहान साढे ११ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपालमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम छ ।
टोली ४ दिनसम्म नेपाल भ्रमणमा रहने भएको छ ।

सिप सिकेर विदेशबाट फर्केकाहरुलाई नबिल बैंकले कर्जा दिने

काठमाडौं। नबिल बैंक लिमिटेडले विदेशमा सिप सिकेर नेपाल फर्किएका व्यक्तिलाई लगानी गर्ने भएको छ । बैंकले विदेशमा राम्रो सिप सिकेर फर्किएका नागरिकलाई १० करोडसम्म ऋण लगानी गर्ने भएको हो ।
बैंकले बिहिबार नबिल दक्ष प्रवासी उद्यमशिल कर्जाको औपचारिक शुभारम्भ गरेको हो । बैंकले कर्जालाई सरल सुलभ र झन्झट रहित ढंगबाट उपलब्ध गराउने जानकारी दिएको छ ।
बैंकले स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रूपियाँसम्मको कर्जा सुविधा ल्याएको छ । बैंकले न्युनतम १५ लाख रूपियाँदेखि १० करोड रूपियाँसम्मका सुविधा र विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा समेत तोकेको छ । बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रूपियाँको कर्जा समेत प्रदान गर्नेछ ।
बैंकले लगानी थप गरी उद्योग बिस्तार गर्न चाहनेलाई १५ लाख रूपियाँदेखि १ करोड रूपियाँसम्म कर्जा दिने योजना ल्याएको हो । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना अभियान चलाएको जनाए । उनले विदेशबाट नेपालीहरुले धेरै प्रकारका सीप,पुँजी लिएर आएकाले उनीहरुलाई रोजगारी र उद्यमशिलतामा ल्याउन सके देशको आर्थिक अवस्था माथि उठ्नसक्ने जानकारी दिए ।
उनले प्रवासी नेपालीहरूले विदेशमा सिकेर आएको सीप प्रयोग गरेर दिगो रूपमा रोजगारी तथा उद्यम गर्नसक्ने वातावरण नविलबैंकले योजना ल्याएको जनाए । दक्ष प्रवासी उद्यमशील कर्जा योजनाबाट बैंकले धेरै नाफा कमाउने उद्देश्य नल्याएको जनाए । उनले विदेशमा सिकेर आएको सीप प्रयोग गरेर स्वदेशमा नै उद्यम गर्ने र रोजगारी सिर्जना हुने अपेक्षाले यो योजना अघि सारेको जनाए ।
अध्यक्ष पौडेलले भने ुबैंकलाई नाफा गर्ने प्रोजेक्ट धेरै छन्, यो कर्जा नाफा गर्नका लागि ल्याइएको होइन,यसको विशुद्ध उदेश्य देशमा उद्यमशिता बढाउनु हो ।ु
बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक रोजगारीमा गएर नेपाल आएका नेपालीहरूलाई १५ लाखदेखि १० करोडसम्मको सहुलियतपूर्ण कर्जा दिने योजना ल्याएको जनाए । उनले विदेशमा गएका नेपाली श्रमिकहरुले नविल बैंकको कर्जा योजनाले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गर्ने दाबी गरे । औपचारिक रुपमा रेमिट्यान्स आउँदा आर्थिक रूपमा देशको अर्थतन्त्रमा टेवा पुग्नेगरी योजना ल्याएको जनाए ।
उनले नबिल बैंकको कर्जा योजनाले कर्जा मात्रै नभएर रोजगारी सिर्जना हुने र उत्पादकत्व बढ्न गई अर्थतन्त्रमा टेवा पुग्ने जनाए ।
दक्ष प्रवासी उद्यमशील कर्जाले कर्जा मात्रै नभएर सीपको उपयुक्त प्रयोगमा जोड दिने जनाए । बैंकले ल्याएको योजनाले सञ्चालनमा रहेका उद्योगलाई थप लगानी गरी व्यवसाय अगाडि बढाउनेलाई १ करोडदेखि ५ करोड रूपियाँसम्म सुविधा बैंकले दिने भएको छ ।
उक्त कर्जा व्यापार बढाउने र नयाँ प्रविधि प्रयोग गरेर बजारमा जाने योजना रहेका नेपालीलाई प्रदान गर्नेछ । सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठूलो क्षमतामा अगाडि बढाउने योजना बनाएका युवाहरूलाई बैंकले १० करोड रूपियाँसम्म कर्जा दिनेछ । बैंकले कर्जामा न्युनतम ब्याजदर प्रस्ताव गरेको छ। बेस रेटमा १.५ प्रतिशत ब्याजदर जोडेर कायम गरेको छ । कर्जा प्राप्तिका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैंकले जनाएको छ ।
कार्यक्रममा डिभिजन प्रमुख अमित श्रेष्ठले कर्जासम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुत गर्दै श्रेष्ठले बैंकलाई झन्झटिलो प्रक्रियाको आरोप लग्ने गरेता पनि त्यसमा सत्यता नभएको दाबी गरे। श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको लामो अध्ययन पछि मात्रै योजना सार्वजनिक गरेको जनाए।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले बैंकको कार्यक्रमलाई पुर्णरुपमा सहयोग गर्ने जनाए । मन्त्री भण्डारीले भने ुबैंकले ल्याएको कार्यक्रमपूर्वनै हाम्रो छलफल भएको थियो, अहिले कार्यक्रमले मुर्तरुप पाएकोले सफलताको शुभकामना दिन चाहान्छु ।ु
श्रम सचिव केवलप्रसाद भण्डारीले विदेश जान भिसा लागेका कामदारलाई बैंकले ऋण उपलब्ध गराउनु पर्ने जनाए ।

शेयर बजारमा ३.९४ अंकको गिरावट, तीन अर्ब ७६ करोडको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार लगातार सातौं दिन पनि घटेको छ । यसैक्रमममा साताको अन्तिम दिन आज बजार ३.९४ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०८४.०९ अंकमा झरेको छ ।
आज ३०४ कम्पनीका १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४ सय ५०।९८ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि सामलिङ पावर, मिड सोलु हाइड्रो, इन्फिनिटी लघुवित्त, नेपाल हाइड्रो र मनकामना स्मार्ट लघुवित्तका दगानीकर्ताहरुले क्रमशः ९.९९, ८.७९, ८.१२, ७.०१ र ५.९१ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.०३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ६७ लाख २६ हजार ५ सय २९.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार २५.६३ अंकले घट्दा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८.०४ रुपियाँ, सोमबार बजार ३१.४९ अंकले घट्दा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३.३५ रुपियाँ, मंगलबार ०.४० अंकले बजार घट्दा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७ सय ५१.६६ रुपियाँ र हिजो बुधबार बजार १०.२५ अंकले घट्दा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५ सय ९८.९८ रुपियाँ बराबरको कारोबार भएको थियो ।
गत साताको बुधबार माघ ३ गते १२.१० अंक र माघ ४ गते बिहीबार बजार ७.२३ अंकले घटेको थियो ।

माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन पक्राउ

काठमाडौं । हाल नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय सदस्य रहेका माओवादी पूर्वब्रिगेड कमान्डर जितमान पुन (मार्शल) पक्राउ परेका छन् ।
रुकुम पूर्वको भुमे गाउँपालिका–१ का पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा चलेको थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो । सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको हो । अदालतले पुनलाई डिल्लीबजार कारागार पठाएको छ ।
पुनलाई पक्राउ गरिएको विषयमा पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धकालीन मुद्धामा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन ।
‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’ लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ । हामी यो घटनाको तीव्र भ्रत्सना गर्दछौँ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन ।
उनले यसबारे तुरुन्त आवश्यक कदम चाल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध समेत गरेका छन ।
पुन ०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिबाट उम्मेदवारसमेत थिए ।

स्वस्थानी व्रतकथा आजदेखि

काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दैछन् ।
वैदिक सनातन धर्मावलम्बी पनि विशेष गरी नेपालमा बसोबास गर्नेले नै यो पर्व मनाउँछन् । भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन् । यसैले यो नेपालकै मौलिक परम्पराको रूपमा रहेको छ । नेपालमा पनि धेरैजसो महिलाले नै यो व्रत गर्छन् ।
नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गर्नुभएकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको जनाउाँछिन । जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको उपप्राध्यापकका रूपमा कार्यरत छिन् । वैदिक सभ्यताका विषयमा नेपालमै अध्ययन अनुसन्धान गर्ने थोरै पश्चिमा खोजकर्तामध्ये जेसिका पनि एक हुन् ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ । कुल परम्परा अनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने, सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।
आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
“स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”–उनले भने ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठिक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ ।
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।
यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला शुरु गरिँदै छ ।
“माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”–इतिहासकार श्रेष्ठले भने ।
यस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा आजदेखि लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।

आज राष्ट्रिय सभा निर्वाचन हुँदै, १९ सिटमा ५१ उम्मेदवार

काठमाण्डु । राष्ट्रिय सभा सदस्यको निर्वाचन बिहीबार हुँदैछ । रिक्त हुन लागेको १९ स्थानमा आज निर्वाचन हुन लागेको हो।
राष्ट्रिय सभाको निर्वाचन बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जानकारी दिएको छ। सात प्रदेशमा आठ वटा राजनीतिक दलका तर्फबाट ५१ जना उम्मेदवार छन्।
कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।
निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहनेछ ।
राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।
निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ ।
हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन् । आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...